स्वास्थ्य

स्वास्थ्य

         

 

    

  • कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाका लागि बन्यो निर्देशिका, निजी क्षेत्रलाई समेत बाटो खुल्योकोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाका लागि बन्यो निर्देशिका, निजी क्षेत्रलाई समेत बाटो खुल्यो
    काठमाडौँ, १५ बैशाख । सरकारले निजी क्षेत्रबाट सञ्चालित प्रयोगशालालाई पनि कोरोना भाइरस (कोभिड – १९)को परीक्षण गर्न सक्ने बाटो खोलिदिएको छ । मन्त्रालयले कोभिड १९ परीक्षण गर्ने प्रयोगशालाका लागि ‘इन्टेरियम गाइडलाइन फर दि गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड – १९ टेष्टिन इन नेपाल’ निर्देशिका जारी गर्दै निजी क्षेत्रलाई समेत परीक्षण गर्न सक्ने बाटो खोलिदिएको हो । ‘कोरोना परीक्षणका लागि प्रयोगशाला कस्तो हुने भन्ने मापदण्ड सहितको निर्देशिका बनेको छ । अब त्यस अनुसार मापदण्ड पुगेकाहरुले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर परीक्षण गर्न सक्नेछन्.’ मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले भने । उनले  नयाँ निर्देशिका नयाँ खोल्नका लागि भन्दा पनि भइरहेका निजी प्रयोगशालाको सेवा र तिनको मापदण्ड पुग्छ भने किन नलिने भनेर ल्याइएको संकेत गरे । अहिले राष्टिय जनस्वास्थ्य प्रयोगशाला सहित देशका १६ वटा स्थानबाट कोभिड – १९ को परीक्षण आरटी पीसीआर हुने गरेको छ । उपत्यका र उपत्यका बाहिर सञ्चालित केही निजी क्षेत्रका प्रयोगशालाले आफूहरु पनि परीक्षणका लागि योग्य भएको र सो सेवा गर्न पाउनुपर्ने बताउँदै आएका छन् । No visits yet
  • कोरोना अपडेट : पीसीआर र आरडीटीबाट साढे ५३ हजारको परीक्षण, कुल संक्रमितको संख्या ५२कोरोना अपडेट : पीसीआर र आरडीटीबाट साढे ५३ हजारको परीक्षण, कुल संक्रमितको संख्या ५२
    काठमाडौँ, १५ बैशाख । सरकारले देशभर कोरोना भाइरसको परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म रियलटाइम पीसीआर विधिबाट १० हजार ४७१ र र्‍यापिड डाईग्नोटिक टेष्ट (आरडीटी)बाट ४३ हजार ६३ गरी कुल ५३ हजार ५३४ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाले बताए । माघ ९ मा पहिलो केश देखिँदा परीक्षणको लागि हङकङ पठाउनु परेपनि त्यसयता काठमाडौँ सहित देशका सातवटै प्रदेशका विभिन्न १६ स्थानबाट पीसीआर विधिबाट कोरोना परीक्षण हुन थालेको जानकारी दिए । उनले पछिल्लो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याव स्थापना गरी परीक्षण शुरु गरिएको जानकारी दिए । अहिलेसम्म कुल ५२ जना संक्रमित भेटिएको र ती मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेको सुनाए । उनले अहिले विराटनगरस्थित कोशी अस्पतालमा ३१ जना, वीरगञ्जस्थित नारायणी अस्पतालमा ३ जना, चितवनस्थित भरतपुर अस्पतालमा १ जना र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १ जना गरी ३६ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए । उनले आइसोलेसनमा उपत्यका ८ र बाहिर ९८ गरी १०६ जना रहेको बताए । यस्तै उनले क्वारेन्टाइनमा रहनेको संख्या अहिले २० हजार १९५ रहेको बताए । त्यसमा सबैभन्दा बढी प्रदेश नं ५ मा ११ हजार २०२ र सबैभन्दा कम बाग्मती प्रदेशमा २३० जना रहेका छन् । मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले यसै साता केन्द्रीय कारागार अस्पतालका दुई जना नर्समा आरडीटी पोजेटिभ देखिएपछि मन्त्रालय स्वास्थ्यकर्मीको सुरक्षाको विषयमा थप सम्वेदनशील भएको भन्दै संक्रमण रोक्न स्वास्थ्यकर्मीले देखाएको संक्रियताको प्रशंसा गरे । उनले शुरुमा केही समस्या भएपनि यतिवेला अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि चाहिने सुरक्षा सामग्री प्रयाप्त रहेको बताए । उनले महामारीविरुद्धको अभियानमा खटिएका सबैलाई धन्यवाद दिदै सचेत र सावधानीपूर्वक काम गर्न आग्रह गरे । No visits yet
  • हुम्लामा १८०० बालबालिकालाई नियमित खोप
    हुम्ला, १५ बैशाख ।  हुम्ला जिल्लाका सात स्थानीय तहमा रहेका १५ महिनामुनिका करीब एक हजार ८०० बालबालिकालाई नियमित खोप लगाउन शुरु गरिएको छ । कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले गरिएको लकडाउनले प्रभावित खोप कार्याक्रम पुनःसञ्चालन भएको हो । बन्दाबन्दीले प्रत्येक महिना ८ गते लगाइने खोप कार्यक्रम प्रभावित हुँदा बालबालिका त्यसबाट वञ्चित भएपछि थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा कार्यालयको समन्वयमा जिल्लाका सात स्थानीय तहमा खोप कार्यक्रम शुरु गरिएको स्वास्थ्य सेवा कार्यालयका कोल्चेन असिस्टेण्ट मानबहादुर रोकायाले बताए । स्वास्थ्यकर्मीले पिपिई, मास्क, पञ्जालगायत सामग्री लगाएर सामाजिक दूरी कायम गरी खोप कार्यक्रम सञ्चालन गरेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक दानबहादुर बोहराले बताए । No visits yet
  • कोरोनाबिरुद्ध खटिएका चिकित्सकका लागि एपोनले उपलव्ध गरायो पहिचान झल्किने ज्याकेटकोरोनाबिरुद्ध खटिएका चिकित्सकका लागि एपोनले उपलव्ध गरायो पहिचान झल्किने ज्याकेट
    काठमाडौँ, १५ बैशाख ।  नेपाल औषधि उत्पादक संघ  (एपोन)ले कोरोना बिरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका चिकित्सकहरुलाई उनीहरुको पहिचान झल्किने ज्याकेट तयार गरि उपलव्ध गराएको छ । एपोनले नेपाल चिकित्सक संघ मार्फत अग्रपंक्तिमा खटिएका देशभरका चिकित्सकहरुका लागि ज्याकेट उपलव्ध गराएको हो । पहिलो चरणमा आज एक हजार प्रति ज्याकेट उपलव्ध गराएको छ । यो संख्या केही दिनमै पाँच हजार पुग्ने एपोनका महासचिव विप्लव अधिकारीले बताए । ज्याकेट हस्तान्तरण गर्न आइतबार दिउसो एपोनका तर्फबाट महासचिव अधिकारी सहित बरिष्ठ उपसभापति महेश प्रधान, उपाध्यक्ष सन्तोष बराल नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय पुगेका थिए । संघका तर्फबाट अध्यक्ष डा लोचन कार्की, महासचिव डा बद्री रिजाल, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी लगायतको उपस्थिति थियो । पहिलो चरणमा आज एक हजार थान ज्याकेट हस्तान्तरण भएको छ । सो अवसरमा बोल्दै संघका अध्यक्ष डा कार्कीले कोरोनाविरुद्धको अग्रपंक्तिमा खटिएका चिकित्सकहरुको सुरक्षा र पहिचानका लागि लडिरहेको संघको कार्यमा थप बल पुग्ने गरी एपोनले गरेको सहयोगको सराहाना गरे । उनले ज्याकेट सकेसम्म छिटो देशभरका चिकित्सकहरुमा पुरयाउने योजना बनाएको बताए । केही दिन अघि पहिचान नभएकै कारण चिकित्सक माथी दुर्व्र्यहार भएको प्रसंग निकाल्दै ज्याकेटले त्यस्ता समस्या समाधान गर्न सक्ने बताए । एपोनका महासचिव अधिकारीले कोरोनाको महामारीविरुद्ध एक आपसमा हातेमालो गरी अघि बढ्नुपर्ने बताए । No visits yet
  • डा. पुनको विषयमा स्वास्थ्य सचिवले दिएको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्तिडा. पुनको विषयमा स्वास्थ्य सचिवले दिएको अभिव्यक्तिप्रति चिकित्सक संघको आपत्ति
    यादव कोइराला, स्वास्थ्य सचिव काठमाडौँ,१५ बैशाख । टेकु अस्पतालका चिकित्सक डा शेरबहादुर पुन प्रति लक्षित गर्दै स्वास्थ्य सचिव यादव कोइरालाले दिइएको अभिव्यक्ति विवादमा परेको छ । नेपाल चिकित्सक संघले सचिव कोइरालाको अभिव्यक्ति असोभनिय र अभद्र भएको बताएको छ । सचिव कोइरालाले केही दिन अघि एक सञ्चारमाध्यमलाई दिइएको अन्तरवार्तामा डा पुनलाई स्वास्थ्य मन्त्रालयले चिठी काटेको सन्दर्भ निकालेका थिए । सो क्रममा उनले बोलेका शव्दहरु असोभनिय र अभद्र खालको भएको भन्दै सार्वजनिक रुपमा आलोचना गरिएको थियो । संघका महासचिव डा. बद्री रिजालले आज प्रकाशित गरेको विज्ञप्तीमा कोरोना महामारीमा जुधिरहेका चिकित्सकहरुलाई प्रोत्साहन गर्नुको साटो मन्त्रालयका जिम्मेवार अधिकारीहरुले चिकित्सकहरुलाई अस्थायी, करार तथा स्थायी भनि विभेदीकरण गरेको र चिकित्सकको मनोवल घटाउने कार्य गरेको उल्लेख छ । संघले डा पुनको नाम उल्लेख त गरेको छैन् तर सचिवको पछिल्लो अन्तरवार्तामा उनैप्रति लक्षित भएकोले सोही विषयमा उठाएको भन्ने प्रष्ट देखिन्छ । विज्ञप्तीमा संघले स्वास्थ्य सेवा जस्तो सम्वेदनशील क्षेत्रमा करार, दैनिक ज्यालादारी चिकित्सकको नियुक्ति गर्नुको सट्टा स्थायी पदपूर्ति गर्दै चिकित्सकको मनोवल बढाउन आग्रह गरेको छ । No visits yet


  • निजी क्षेत्रका प्रयोगशालाहरुले पनि कोभिड १९ कोरोना भाइरस परीक्षण गर्न पाउनेनिजी क्षेत्रका प्रयोगशालाहरुले पनि कोभिड १९ कोरोना भाइरस परीक्षण गर्न पाउने
    जनस्वास्थ्य सरोकार, काठमाडौं । अब मुलुकमा निजी क्षेत्रका प्रयोगशालाहरुले पनि कोभिड—१९ कोरोना भाइरस परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्देशिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोभिड १९ कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् । यसरी मापदण्ड पूरा गर्ने निजी प्रयोगशालाहरुलाई पनि कोभिड १९को परीक्षण गर्ने बाटो खुलेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । तर सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने छ । हालसम्म सरकारी तहबाट मुलुकभर पिसिआर प्रविधिबाट कोभिड १९ परीक्षण गर्ने प्रयोगशालाहरुको संख्या १६ पुगेको छ ।   हालसम्म मुलुकमा ५२ जना कोरोना संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । अन्य ३६ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । सरकारले अहिलेसम्म आरडिटी र पिसिआर विधि गरी ५३ हजार ५ सय ३४ वटा परीक्षण गरिसकेको छ । जसमध्ये आरडिटी विधिबाट ४३ हजार ६३ र पीसीआर विधिबाट १० हजार ४ सय ७१ परीक्षण भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार, मुलुकभर १०६ जना आइसोलेसनमा रहेकामध्ये ८ जना राजधानी काठमाडौं र ९८ जना उपत्यका बाहिर रहेका छन् । क्वारेन्टाइनमा २० हजार १ सय ९५ रहेको जानकारी दिइएको छ ।
  • नेपाल औषधि उत्पादक संघद्धारा नेपाल चिकित्सक संघलाई ज्याकेट हस्तान्तरणनेपाल औषधि उत्पादक संघद्धारा नेपाल चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण
    जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघले नेपाल चिकित्सक संघलाई ज्याकेट हस्तान्तरण गरेको छ । चिकित्सकहरुको पहिचानको लागि ज्याकेट हस्तान्तरण गरिएको हो । चिकित्सकहरुको लागि मात्र प्रयोग गर्ने र चिकित्सकहरु लाई सबैले सजिलै चिन्न सकिने गरी बनाइएको उक्त ज्याकेटको प्रयोगले यो कोरोना विरुद्धको लडाइका अग्रपंक्तिमा रहेका चिकित्सकहरुको पहिचान र सुरक्षामा विशेष सहयोग पुग्ने नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारिले बताउनुभयो । सो अवसरमा नेपाल उत्पादक संघका तर्फबाट वरिष्ठ उपसभापती महेश प्रधान, उपाध्यक्ष सन्तोष बराल र महासचिव बिप्लव अधिकारीले ज्याकेट हस्तान्तरण गर्नुभएको थियो । नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.लोचन कार्की, महासचिव डा. बद्री रिजाल, कोषाध्यक्ष डा प्रकाश बुढाथोकी लगायतका चिकित्सकहरुको उपस्थिति रहेको थियो । नेपाल औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्षले सन्तोष बरालले मुलुकमा उत्पादन हुने औषधिको अभाव हुन नदिन अहोरात्र खटिरहेको जानकारी गराउनु भएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले नेपाल चिकित्सक संघ सधै सबै चिकित्सकहरुको सुरक्षा र पहिचानका लागि लडिरहेको र यो समयमा चिकित्सकहरुलाई नेपाली औषधि उत्पादकहरुले गर्नु भएको सहयोगको लागि आफू, संघ र सम्पूर्ण चिकित्सकहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । यि ज्याकेटहरु सकेसम्म चाडो देश भरिका चिकित्सकहरुमा पुर्याइने छ । बिगत केही दिन अगाडि चिकित्सकहरु माथि पहिचान नभएका कारण भएको विभिन्न दुव्र्यवहारका घटना अब फेरि नदोहोरिउन र चिकित्सकहरुको सम्मान र पहिचानका लागि यो छोटो र कठिन समयमा अति आवश्यक भएकाले नेपाल औषधि उत्पादकहरुले नेपाल चिकित्सक संघको सहकार्यमा उक्त ज्याकेटहरु उपलब्ध गराएको औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले जानकारी गराउनुभएको छ ।
  • कोभिड—१९ कोरोना परीक्षण: आरटी–पीसीआरबाट नै किन ?कोभिड—१९ कोरोना परीक्षण: आरटी–पीसीआरबाट नै  किन ?
    जनस्वास्थ्य सरोकार, काठमाडौं । यतिखेर धेरै सर्वसाधारण कोरोना टेष्टबारे कन्फ्युजनमा रहेको पाइन्छ । कहिले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) पोजेटिभ आउँछ, पिसिआर नेगेटिभ देखिन्छ तर कहिले आरडिटी पोजेटिभ देखिएमा पिसिआरमा पनि पोजेटिभ देखिन्छ । आखिर यो कन्फ्युजन किन ? यसबारे जानकारी दिँदै हुनुहुन्छ मोर्डन डायग्नोष्टिकका क्लिनिकल माइक्रोबायोलोजिष्ट नरेश पोखरेल र वरिष्ठ प्रयोगशाला टेक्निसियन अभिषेक चौधरी । कोभिड—१९ भाइरस ट्र्याक गर्न, महामारी रोक्न, महामरी लाई उचित व्यवस्थापन गरी अन्त्य गर्न डायग्नोस्टिक परीक्षणले महत्वपूर्ण भूमिका खेल्छ । जब एक संक्रमणीय रोगको प्रकोप शुरू हुन्छ, प्रयोगशाला परीक्षण नै एउटा त्यस्तो विधी हो जसले महामरिको छिटो छरितो पहिचान, बिरामीको द्रुत उपचार र प्रकोप रोक्न मद्दत गर्दछ । प्रयोगशाला परीक्षणले मात्र संक्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएको व्यक्ति पहिचान गर्न मद्दत गर्दछ जसले तिनीहरूलाई द्रुत रूपमा उपचार गर्न सकिन्छ । कोविड—१९ उन्मूलन गर्न प्रयोगशाला परीक्षण सँगै सामाजिक दूरी पनि माहामारी बिरूद्ध लड्न एक शक्तिशाली हतियार बन्न सक्छ । चीन, कोरिया, ताइवान र सिंगापुर जस्ता देशहरूले पनि कोविड—१९ महामारी नियन्त्रणमा लिएका छन् जसले प्रारम्भिक परीक्षण प्रणाली र प्रभावित व्यक्तिहरुलाई अलग गर्ने जस्ता निती अवलम्बन गरेको हामी देख्न सक्छौं । कोविड—१९ को नियन्त्रण गर्न ‘परीक्षण, उपचार र ट्र्याक गर्ने’ जस्ता रणनीति पनि अवलम्बन गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले पनि प्रकोप नियन्त्रण गर्न संघर्ष गरिरहेका देशहरूलाई कोरोनाभाइरसको लागि ‘टेस्ट, टेस्ट, टेस्ट’ गर्न आह्वान गरिरहेको छ । जब सम्म हामी त्यस्तो गर्न सक्दैनौं तब सम्म थाहा हुँदैन भाइरस छ वा छैन भनेर । नेपालमा कोभिड–१९ कोरोनाभाइरस पत्ता लगाउन अहिले दुइ वटा फरक टेक्नोलोजीको किट प्रयोग गरिएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट किट जुन एन्टिबडी एन्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो र अर्को आरटी– पीसीआर जुनमा भाइरसको जीनोमिक विशेषताहरु पत्ता लगाइन्छ । कोरोना भाइरस छ या छैन भन्ने निश्चित गर्ने भरपर्दो विधी आरटी– पीसीआर नै हो, र्यापिड डायग्नोस्टिक टेस्ट लाई सेरोलोजिकल परीक्षण पनि भनिन्छ । आरडिटि (र्यापिड डायग्नोस्टिक टेस्ट किट) का पनि आफ्नै फाइदा पनि छ त्यस्तै बेफाइदा पनि छ । फाइदा यस अर्थमा छ कि सेरोलोजिकल परीक्षणले व्यक्तिमा कोविड—१९ मा प्रतिरक्षा क्षमता विकास भएको छ कि छैन भनेर भन्छ अर्को फाइदा एक सेरोलोजिकल परीक्षणले मात्र त्यो व्यक्तिको रगतमा कोविड —१९ सम्बन्धित एन्टिबडीहरूको स्तर निर्धारण गर्छ जुन प्लाज्मा थेरापी उपचारमा पनि प्रयोग हुन सक्छ । बेफाइदा यस अर्थमा, मानौँ कुनै मानिसमा कोभिड–१९ संक्रमण छ, र्यापिड डायग्नोस्टिक किटबाट टेस्ट गर्दा नेगेटिभ आयो, अब के गर्ने, नेगेटिभ आयो भनेर खुशी हुने ? यदि यसो गरियो भने र एउटा पनि त्यस्तो फल्स नेगेटिभ समुदायमा छोडियो भने पुरै देशका लागि खतरा बन्न सक्छ । कुनै पनि भाइरस शरीरमा छिरिसकेपछि त्यसपछि बल्ल शरीरले ले त्यो भाइरसविरुद्ध एन्टिबडी बनाउँछ, जुन बन्न ७ देखि ८ दिन सम्म लाग्छ, मानिसमा भाइरस प्रवेश गरेको दिन दखि ७ देखि ८ दिन सम्म र्यापिड नेगेटिभ आउँछ जसलाई हामी विन्डो पिरियड पनि भन्छौं । त्यो स्थितिमा पीसीआर नै उत्तम विकल्प हो । के हो त पिसिआर ? पीसीआर भनेको पोलिमरेज चेन रियाक्सन हो र यो एक तुलनात्मक रूपमा सरल र व्यापक रूपमा प्रयोग गरिएको मोलिक्युलर बायोलोजी (आणविक जीवविज्ञान) प्रविधि हो जसमा न्यूक्लिक एसिड सामग्री जस्तै डीएनए र आरएनए विस्तार गरी पत्ता लगाउने महत्वपूर्ण परीक्षण विधि हो । परम्परागत विधिहरू जस्तै डीएनए क्लोनिंग र प्रवर्धनको तुलनामा, जुन समय खपत र चुनौतीपूर्ण विधि हो । पीसीआर परीक्षण गर्न केही घण्टा मात्र आवश्यक पर्दछ । पीसीआर अत्यधिक संवेदनशील विधि हो र विशेष अनुक्रमहरूको प्रवर्धनका लागि न्यूनतम टेम्पलेटको आवश्यकता पर्दछ । साधारण पीसीआर विधिहरू सरल डीएनए र आरएनए पहिचानबाट अगाडि बढेको छ । सामान्यतया कोरोना परिक्षणमा प्रयोगमा ल्याइएको पीसीआर बिधि हो रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रिएक्शन । रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रिएक्शन रिभर्स ट्रान्सक्रिप्शन पोलिमरेज चेन रिएक्शन (आरटी पिसिआर) एक प्रयोगशाला पीसीआर टेक्निक हो, यस विधिमा डियनए भन्दापनि आरएनए प्रयोग हुन्छ । रिभर्स ट्रान्सक्रिप्टटेस भन्ने एन्जाइमले आरएनएको टुक्रालाई पूरक डीएनए बनाउँछ जुन आरएनए, डिएनएमा रिभर्स ट्रान्सक्रिप्शन संयोजन भएको भनिन्छ । यही डिएनए मोलिक्युलर पिसिआर रियाक्सन मार्फत पत्ता लगाइन्छ । आरटी–पीसीआरबाट नै कोरोना भाइरसको परीक्षण किन ? आरटी– पीसीआर जसमा भाइरसको आरएनए छ या छैन भनी पत्ता लगाईन्छ । यो प्रविधिबाट भाइरस संक्रमण भएकै दिन देखि नै नतिजा पोजेटिभ देखिन थाल्छ । जसले गर्दा संक्रमित व्यक्तिको समयमा नै पहिचान हुन्छ र बिरामीलाई आइसोलेसनमा राख्न सकिन्छ, जसले गर्दा रोग महामारीको सम्भावनालाई न्यून गर्न मद्दत पुग्छ । कोभिड– १९ संक्रमणको निदानमा आईजीएम,आईजीजी सेरोलोजिकल परीक्षण र आरटी–पीसीआरलाई हामी यसरी बुझ्न सक्छौं । आरटी–पीसीआर        र्यापिड टेस्ट किट                       सम्भावित परिणामहरू पोजेटिभ                      नेगेटिभ                                     बिरामीमा विन्डो पिरियड संक्रमण हुन सक्छ । संक्रमण भएको व्यक्तिले संक्रमण सार्ने क्षमता राख्दछ । पोजेटिभ                      पोजटिभ                                  बिरामी संक्रमण चरणमा छ र संक्रमण भएको व्यक्तिले संक्रमण सार्ने क्षमता राख्दछ । नेगेटिभ                        नेगेटिभ                                   बिरामीलाई संक्रमण नभएको नेगेटिभ                      पोजेटिभ                                   बिरामीलाई संक्रमण भएको र बिरामी निको हुनुको चरणमा हुन सक्छ ।  
  • कोभिड -१९ संक्रमितको तुलनामा निको हुने देशहरुमा स्पेन, जर्मनी, टर्कीलगायतका देश अगाडिकोभिड -१९ संक्रमितको तुलनामा  निको हुने देशहरुमा स्पेन, जर्मनी, टर्कीलगायतका देश अगाडि
    जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ कोरोना भाइरसबाट अमेरिका निकै प्रभावित छ । अमेरिकामा अहिलेसम्म ५५ हजार ४१५ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ९ लाख ८७ हजार ३२२ जना संक्रमित भएका छन् । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार, अमेरिकामा अहिलेसम्म १ लाख १८ हजार ७८१ जना निको भएका छन् । अमेरिकामा निको हुने संख्या अन्य देशको तुलनामा बढी नै छ । तर संक्रमितको दृष्टिकोणबाट हेर्दा भने निकै कम हो । तर स्पेनमा कोभिड १९ संक्रमितको तुलनामा निको हुनेहरुको संख्या धेरै छ । स्पेनमा अहिलेसम्म २ लाख २६ हजार ६२९ संक्रमितमध्ये १ लाख १७ हजार ७२७ निको भएका छन् भने २३ हजार १ सय १९० जनाको ज्यान गएको छ । कोभिड १९ संक्रमितमध्ये तेस्रो स्थानमा रहेको इटलीमा अहिलेसम्म १ लाख ९७ हजार ६७५ जना संक्रमित भएका छन् । इटलीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना निको भएका छन् भने २६ हजार ६४४ को मात्र ज्यान गएको छ । यसैगरी फ्रान्समा अहिलेसम्म १ लाख ६२ हजार १०० संक्रमित भएकामध्ये ४४ हजार ९०३ जना निको भएका छन् भने २२ हजार ८५६ को ज्यान गएको छ । यता जर्मनीमा कोभिड १९ संक्रमितको तुलनामा मृत्यु हुनेहरुको संख्या निकै कम छ । जर्मनीमा १ लाख ५७ हजार ७७० संक्रमितमध्ये १ लाख १२ हजार निको भएका छन् भने ५ हजार ९७६ जनाको मात्र ज्यान गएको छ । यसैगरी बेलायतमा १ लाख ५२ हजार ८४० संक्रमित भएकामध्ये २० हजार ७३२ को ज्यान गएको छ । टर्कीमा संक्रमितको तुलनामा कमैको ज्यान गएको छ । टर्कीमा १ लाख १० हजार १३० संक्रमितमध्ये २९ हजार १४० निको भएका छन् भने २ हजार ८०५ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा पनि संक्रमितको तुलनामा धेरै निको भएका छन् । इरानमा ९० हजार ४९१ जना संक्रमितमध्ये ६९ हजार ६५७ जना निको भएका र ५ हजार ७१० जनाको ज्यान गएको छ । कोभिड १९ संक्रमितमध्ये नवौं स्थानमा पुगेको चीनमा अहिलेसम्म ८२ हजार ८३० जना संक्रमितमध्ये ७७ हजार ४७४ जना निको भएका छन् । चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३३ रहेको छ । विश्वका २१० देशमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट अहिलेसम्म २९ लाख ९४ हजार ९५८ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ लाख ७८ हवा ९२३ जना निको भएका छन् भने २ लाख ६ हजार ९९७ को ज्यान गएको छ ।
  • आगामी वैशाख २५ गतेसम्म लकडाउनको म्याद थप्ने मन्त्रीपरिषद निर्णयआगामी वैशाख २५ गतेसम्म लकडाउनको म्याद थप्ने मन्त्रीपरिषद निर्णय
    जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले वैशाख २५ गतेसम्म लकडाउनको म्याद थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद वैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाप तथा नियन्त्रणका लागि गरिएको लकडाउनको म्याद १० दिनसम्म थप्ने निर्णय गरेको हो । बैशाख १५ गतेसम्मको लकडाउन २५ गतेसम्म कायम रहने छ । सरकारले मुलुकमा चैत्र ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । त्यसपछि पटकपटक म्याद थप्दै आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट २८ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने दुई लाख बढीले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि संक्रमितको संख्या ५२ पुगेको छ । हालसम्म १६ जना निको भएर घर फर्किएका छन् । अन्य ३५ संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।